+977 01 4230123

नेत्रहीन युवाहरूकाे राेजगारकालागि सचिवालय तालिम

May 30, 2017
1 minute read

 

आदरणीय दृष्टिविहीन युवा साथिहरु,
नेत्रहीन युवा संघ नेपाल दृष्टिविहीन युवाहरुको रोजगार प्रवर्धनका लागि क्रियाशिल रहेको यहाँहरुलाई विदितै छ । दृष्टिविहीन युवाहरुका लागि निजि क्षेत्रमा रोजगारीको अवस्था ज्यादै न्युन रहेको सन्दर्भ एकातिर छदै छ भने अर्कोतिर पर्याप्त तालिम तथा सीपको अभावमा हामीहरु प्रतिस्पर्धी श्रम बजारमा आफुलाई स्थापित गर्न सकिरहेका छैनौँ । यसै सन्दर्भमा दृष्टिविहीन युवाहरुलाई रोजगारमा पहुँच पुर्याउन आवश्यक पर्ने कार्यालय व्यवस्थापन तथा कार्यस्थलमा आवश्यक पर्ने विभिन्न शिपहरुलाई समेटेर नेत्रहीन युवा संघ नेपालले १ महिने कार्यालय व्यवस्थापन तालिम सञ्चालन गर्न लागेको व्यहोरा सबैमा जानकारी गराईन्छ । उक्त तालिममा सहभागि हुन इच्छुक दृष्टिविहीन युवाहरु जसले निम्न बमोजिमको योग्यता हाँसिल गर्नुभएको छ, क्रिपया यस संस्थाको कार्यालयमा देहायका कागजात सहित आवेदन पेश गर्नुहोला । उक्त तालिममा बढीम १० जना युवाहरुको मात्र सहभागिता रहने हुँदा योग्यता पुगेका कुनैपनि दृष्टिविहीन युवाले आवेदन पेश गर्न सक्नुहुनेछ । तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीहरुको इन्टर्नशिपकालागि संस्था मार्फत पहल गरिनेछ ।

आवेदन पेश गर्नकालागि आवश्यक योग्यता
• १८ बर्ष पुरा गरी ३५ बर्ष ननाघेको ।
• दृष्टिविहीनताको अपाङ्गता परिचय पत्र प्राप्त गरेको ।
• उच्च माध्यमिक तह उत्तीर्ण गरेको ।
• काठमाण्डौ उपत्यका भित्र स्थाई वा अस्थाई रुपमा वसोवास गर्दै आएको ।
• आधारभुत कम्प्युटर शिक्षा प्राप्त गरेको ।

आवेदनका साथ संलग्न गनुपर्ने कागजातहरु
• तालिममा सहभागिहुनुपर्ने कारण सहितको आवेदन ।
• नागरिकता र अपाङ्गता परिचय पत्रको प्रतिलिपि ।
• उच्च माध्यमिक तह उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि ।

पुनश्च : आवेदन अंग्रेजी वा नेपाली मध्ये कुनै एक भाषामा पेश गर्न सकिनेछ । आवेदन ब्रेल, ठूलो छापा, हस्त लिखित वा इमेलका माध्यबाट मिति २०७४ जेठ २५ गते (८ जुन, २०१७), विहीबार सम्ममा कार्यलय समय (१७:०० बजे) भित्र पेश गरिसक्नु पर्नेछ ।

नेत्रहीन युवा संघ नेपाल, महिला , जनजाति, मधेशी, दलित तथा दुर्गम क्षेत्रका दृष्टिविहीन युवाहरुलाई आवेदन पेश गर्न विशेष प्रोत्साहन गर्दछ ।

अावेदन फारम तल  दिइएकाे  लिंक प्रयाेग गर्नुहाेला ः  Application Form

थप जानकारीका लागि
फोन नं : ०१ ४३७२१६०
इमेल : [email protected]

Tags:
Share this post:
calendar-fullclockchevron-down