अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता
नेत्रहिन युवा संघ नेपालले अन्तरराष्ट्रिय युवा दिवस १२ अगष्ट २०२२ (२७ साउन २०७९) को अवसरमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगीता आयोजना गर्न गइरहेको छ ।
प्रतियोगिताको धाँचा र सहभागी हुने प्रकृया ।
१)सहभागीले निम्न उल्लेखित ३ बिषयहरु मध्य एक बिषय छनौंट गरि उक्त बिषयमा नेपाली भाषामा बोल्नु पर्ने छ ।
क) राजनीतिमा युवा
ख) समाबेशीता राजनीति र अपाङ्गता
ग) मेरो भोट मेरो भबिष्य
२) पहिलो छनौट चरणमा प्रतियोगितामा सहभागी हुन चाहाने बिधार्थीले माथी उल्लेखित बिषयहरु मध्य १ छनौट गरि नेपाली भाषामा बोलेको ३ मिनेटको भिडियो निम्न माध्यवाट १८ साउन २०७९ दिउसो १ बजे सम्म पठाउनु पर्ने छ ।
WhatsApp number: 9801048303
Email address: [email protected]
Google form https://forms.gle/voTPyLue5AbNJ5TF8
३) साथै प्रतियोगिले अनिवार्य आफ्नो बिवरण र कलेजको प्रतिनिधीत्व गरेको बिवरण खुल्ने आधिकारीक परिचय पत्र स्क्यान गरि पेश गर्नु पर्छ ।
४) पहिलो चरणका सहभागी प्रतियोगिहरु मध्य १५ जानालाई निर्णयक मण्डलको निर्णयमा फाइनल चरणमा छनौट गरिनेछ ।
५) फाइनलमा सहभागी प्रतियोगिहरुलाई ५ मिनेटको समय दिइनेछ र उक्त समय भित्र निर्णायक मण्डल समक्ष आफनो भनाईहरु राख्नु पर्ने छ । ती मध्ये उत्कृष्ट ३ जनालाई निर्णयक मण्डलले पहिलो, दोस्रो र तेस्रोे बिजयी घोषण गर्ने छ । बिजयी प्रतिनिधिहरुलाई निम्न पुरस्कारको व्यवस्था गरिएको छ ।
- पहिलो पुरस्कार सहभागीलाई नगद रु १५,००० र प्रमाण पत्र, कलेजलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।
- दास्रो पुरस्कार सहभागीलाई नगद रु १०,००० र प्रमाण पत्र साथै कलेजलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।
- तेस्रो पुरस्कार सहभागीलाई नगद रु ५,००० र प्रमाण पत्र साथै कलेजलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।