Following the successful Pre-Conference ahead of the First Deafblind International Asia Regional Conference, we are proud to release our Call to Action: "Rights, Respect, and Inclusion: Advancing Sexual and Reproductive Health and Rights (SRHR) for Individuals with Deafblindness in Asia."
This Call to Action reflects the voices, challenges, and priorities identified during the discussions. It serves as a crucial step toward ensuring inclusive SRHR policies, accessible services, and meaningful participation of individuals with deafblindness in decision-making processes.
Key Highlights of the Call to Action:
- Policy & Legal Reforms – Inclusive SRHR policies and laws.
- Inclusive CSE – Accessible curricula and support materials.
- SRHR Services – Accessible and tailored healthcare services.
- Advocacy & Awareness – Challenging stigma and promoting participation.
- Monitoring & Accountability – Tracking progress and ensuring implementation.
💡 Now is the time to act! We call on governments, organizations, and advocates to join us in driving this change.
🙏 A special thank you to our partners Right Here Right Now, Amplify Change, CBM Global Disability Inclusion, Deafblind Association Nepal, National Federation of Deaf Nepal, Sense International, and Deafblind International for their dedication to this cause.
🔊 Help us amplify this message! Share and advocate for inclusive SRHR for all.
#SRHRforAll #DeafblindRights #InclusionMatters #DBIAsiaConference #CallToAction
ललितपुर घोषणापत्र अपाङ्गता भएका युवाहरूको आवाज र आकांक्षाको प्रतिबिम्ब हो। मंसिर १९ र २० गते, २०८० मा सम्पन्न राष्ट्रिय सम्मेलनमा देशभरका १०० भन्दा बढी अपाङ्गता भएका युवाहरूको सक्रिय सहभागिताबाट तयार पारिएको यो दस्तावेजले समावेशी शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी र आर्थिक सशक्तिकरण, राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता, र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा अपाङ्गता भएका युवाहरूको सरोकारलाई समेटेको छ। यस घोषणापत्रले नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका युवाहरूको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता गर्न सरकार र सरोकारवाला निकायहरूलाई आह्वान गरेको छ।
शिक्षा सबै बालबालिकाको अधिकार हो । यो अधिकार अपाङ्गता भएका बालबालिकाले पनि पाएका छन् । उनीहरूको शिक्षाका लागि विभिन्न किसिमका नीति, कानुन र निर्देशिकाहरू बनेका छन् । तर आजको बदलिएको शासकीय संरचनामा नव निर्वाचित जनप्रतिनिधि, सरोकारवाला पदाधिकारी र कतिपय शिक्षकसमेतमा यसबारेमा आवश्यक जानकारी हुन सकेको छैन । यस कारण विभिन्न प्रकृतिको अपाङ्गता भएका बालबालिकाप्रति गरिने सामजिक विभेद र भौतिक तथा सञ्चारगत अवरोधहरू कायमै रहेका छन् । यसले गर्दा अपाङ्गता भएका बालबालिकाहरूको विद्यालय भर्ना, सिकाइ र टिकाइ सन्तोषजनक नहुनु स्वाभाविक हो । यस कुरालाई मनन गरेर नव निर्वाचित जन प्रतिनिधि, सरोकारवाला संस्थाका पदाधिकारी र शिक्षक वर्गसमेतमा अपाङ्गता र अपाङ्गता भएका बालबालिकाको शिक्षाका बारेमा आधारभूत कुराको जानकारी पु¥याउन सकियोस् भनेर यो पुस्तिका तयार गरिएको छ । यस पुस्तिकामा समाजमा अपाङ्गताप्रतिको बुझाइ; अपाङ्गताको परिचय र वर्गीकरण; अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ वातावरण; अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि परिवार, समाज, विद्यालय र स्थानीय सरकारको भूमिका र यससम्बन्धी नीति नियमका आधारभूत कुरा राखिएका छन् । यसले उहाँहरूमा अपाङ्गताका बारेमा आधारभूत कुराको जानकारी होला र उहाँहरूबाट अपाङ्गता बालबालिकाको शिक्षामा सम्भव भएको योगदान हुन सक्ला भन्ने अपेक्षा गरिएको छ ।
यो पुस्तिका कसरी प्रयोग गर्ने ?
अपाङ्गता अनेकन् प्रकृतिको हुन्छ । नेपालको कानुनले अपाङ्गतालाई दश समूहमा वर्गीकरण गरेका छ । हरेक गाउँ समाजमा कुनै न कुनै प्रकारको अपाङ्गता भएका मानिस हुन सक्छन् । हाम्रो गाउँ समाजमा भने अपाङ्गता भन्नाले केवल शारीरिक अपाङ्गतालाई मात्र बुझ्ने मानिस पनि छन् । मानसिक अपाङ्गतालाई अपाङ्गता नठान्नेहरू पनि छन् । दृष्टि र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाले पनि लेखपढ गर्न, शिक्षा लिन र आर्जनका काम गर्न सक्छन् भन्दा विश्वास नलाग्ने पनि छन् । कतिपयले त अपाङ्गता भएकालाई लेखपढ गराएर कुनै प्रतिफल पाउन सकिँदैन भन्ने पनि ठान्छन् । अर्कोतर्फ अपाङ्गता भनेको पूर्वजन्मको पापको फल हो भन्ने अन्धविश्वासी पनि छन् । यस्ता धारण पाल्नुभन्दा अपाङ्गताबा बारेमा बुझ्ने प्रयास गर्नु बुद्घिमानी हुन्छ । आफ्नै परिवारमा पनि सामान्य अवस्थाको कुनैे प्रकारको अपाङ्गता भएका सदस्य हुन सक्छन् । आफैँमा पनि यस्तो अपाङ्गता हुन सक्तछ । रोग र दुर्घटना कारण कोही पनि व्यक्तिमा अपाङ्गता हुने सम्भावना रहन्छ । यहाँको हातमा यो सामग्री आएको छ । यसलाई निम्नअनुसार प्रयोग गरी अपाङ्गताप्रतिको सामाजिक सचेतना अभिवृद्घिमा सहयोग गरिदिनुहुने छ भन्ने आशा गरिएको छ ।
- यो पुस्तिका दुई घन्टा जतिमा अध्ययन गर्न सकिन्छ । यसलाई आफ्नो अनुकूल समयमा रुचिपूर्वक एक दुई पटक अध्ययन गर्दा विभिन्न प्रकारका अपाङ्गताका बारेमा जानकारी बढाउन सकिन्छ ।
- यस सामग्रीमा बताए जस्तो अपाङ्गता भएको व्यक्ति गाउँघरमा केही छन् भने ऊ र उसको अवस्था ख्याल गर्दा सामग्रीमा दिइएको अपाङ्गताका बारेमा प्रस्ट भइने छ ।
- सामग्रीमा दिइएका अपाङ्गतासम्बन्धी सूचनाहरू एकअर्कामा छलफल गर्नुपर्छ । एकले बुझेको कुरा अर्कोलाई प्रस्ट पार्नुपर्छ।
- थप सूचनाका लागि अपाङ्गताको बारेमा जानकारी राख्ने व्यक्तिसँग सोधपुछ गर्नुपर्छ ।
- आफूले पाएका सूचना आफ्नो गाउँटोलका सर्वसाधारणमा सुनाएर प्रचार गर्दा पाएको जानकारी स्मरणमा रहन्छ ।
- आफ्नो छेउछाउका मूलधारका विद्यालय र विशेष तथा स्रोतकक्षा विद्यालय भ्रमण गरेर अपाङ्गता भएका बालबालिकाको अवलोकन गर्ने, उनीहरूका कुरा सुन्ने, स्रोत शिक्षकसँग छलफल गर्ने गर्नुपर्छ ।
नेपालमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूको बृहत् यौनिकता शिक्षाको यो स्थिति पत्र राइट हियर राइट नाउको आर्थिक तथा प्राविधिक सहयोगमा नेत्रहीन युवा संघ नेपालले तयार पारेको हो । राइट हियर राइट नाउ युवाले नेतृत्व गरेका र युवाको सवालमा काम गर्ने पाँच ओटा संस्थाहरूको प्लेटफर्म हो । यो प्लेटफर्मले सन् २०२१-२०२५ सम्म उमेर उपयुक्त बृहत् यौन शिक्षाको सुनिश्चितता गर्ने सवालमा नेपालमा पैरवी गर्दै आइरहेको छ । नेत्रहीन युवा संघ नेपाल दृष्टिविहीन तथा न्यून दृष्टियुक्त युवाहरूले स्थापना गरेको संस्था हो। ‘
यो स्थिति पत्रले नेपालमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूको बृहत् यौनिकता शिक्षाको आवश्यकतालाई बोध गरी शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा शैक्षिक क्षेत्रमा क्रियाशील सरोकारवालाहरूलाई आगामी दिनमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूका लागि बृहत् यौनिकता शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक तथा तालिम सामग्री तयार पार्न सहज होस् भन्ने हेतुले तयार पारिएको हो ।
This position paper has been prepared through the joint effort of Visible Impact (Visim) and Blind Youth
Association Nepal (BYAN). The purpose of this position paper is to create a dialogue amongst the policy makers, government agencies, Disabled Peoples’ Organisations (DPOs), service providers in the area of SRHR and FP, development community so that reasonable actions aretaken at all levels in order to address needs and issues faced by people with disabilities.
This paper is heavily documented based on desk review. A consultation with people with disabilities and their parents was conducted, and the cases highlighted in the story are derived mostly from it. A validation webinar was conducted represented by more than 50 activists, service providers, young people with disabilities, CSOs led by and/or representing people with disabilities and SRHR issues.