Skip to Main Content
Ecourse

The SRHR Toolkit for Persons with Disabilities is a practical guide developed by Blind Youth Association Nepal (BYAN) to support inclusive sexual and reproductive health and rights education. Designed for peer educators, service providers, and organizations, the toolkit provides accessible methods, materials, and strategies to empower persons with disabilities to understand and exercise their SRHR, while promoting inclusive and rights-based practices in communities and health services.

The factsheet on SRHR rights among persons with disabilities, produced by Blind Youth Association Nepal (BYAN), highlights the barriers, gaps, and opportunities in sexual and reproductive health and family planning services for youths with disabilities in Nepal. Based on a survey conducted in Kathmandu, Surkhet, and Bara, it underscores how disability-related stigma, lack of accessible information, and inadequate infrastructure limit access to SRHR services, while also identifying trusted sources, awareness levels, and confidence in service utilization. The initiative, part of BYAN’s ongoing “Action for Change” project in partnership with CBM Global Disability Inclusion, emphasizes empowering youths with disabilities through peer education, accessible materials, and advocacy to ensure inclusive, rights-based SRHR services and policies.

नेपालमा यौनिक तथा प्रजनन स्वास्थ्य शिक्षाले किशोरकिशोरी र युवाहरूको स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्दछ। विद्यालयहरूमा स्वास्थ्य शिक्षा दिइँदै आएको भए पनि, अपाङ्गता भएका व्यक्तिहरूका लागि बृहत् यौनिकता शिक्षा सरल र प्रभावकारी ढङ्गले प्रदान गर्ने विषयमा थप पहलको खाँचो थियो। यसै आवश्यकता पूरा गर्न यो स्रोत सामग्री तयार पारिएको हो। यस पुस्तिकामा अङ्ग्रेजी शब्द 'Sex' लाई 'यौन' र 'Sexual' लाई 'यौनिक' रूपमा प्रयोग गरिएको छ, साथै 'Family Planning' लाई 'परिवार योजना' भनी उल्लेख गरिएको छ। यो पुस्तिकामा सबै प्रयोगकर्ताहरूको सहज बुझाइका लागि आधारभूत र प्रारम्भिक जानकारीहरू मात्र समावेश गरिएको छ।

शिक्षा सबै बालबालिकाको अधिकार हो । यो अधिकार अपाङ्गता भएका बालबालिकाले पनि पाएका छन् । उनीहरूको शिक्षाका लागि विभिन्न किसिमका नीति, कानुन र निर्देशिकाहरू बनेका छन् । तर आजको बदलिएको शासकीय संरचनामा नव निर्वाचित जनप्रतिनिधि, सरोकारवाला पदाधिकारी र कतिपय शिक्षकसमेतमा यसबारेमा आवश्यक जानकारी हुन सकेको छैन । यस कारण विभिन्न प्रकृतिको अपाङ्गता भएका बालबालिकाप्रति गरिने सामजिक विभेद र  भौतिक तथा सञ्चारगत  अवरोधहरू कायमै रहेका छन् । यसले गर्दा अपाङ्गता भएका बालबालिकाहरूको विद्यालय भर्ना, सिकाइ र टिकाइ सन्तोषजनक नहुनु स्वाभाविक हो । यस कुरालाई मनन गरेर नव निर्वाचित जन प्रतिनिधि, सरोकारवाला संस्थाका पदाधिकारी र शिक्षक वर्गसमेतमा  अपाङ्गता र अपाङ्गता भएका बालबालिकाको शिक्षाका बारेमा आधारभूत कुराको जानकारी पु¥याउन सकियोस् भनेर यो पुस्तिका तयार गरिएको छ । यस पुस्तिकामा समाजमा अपाङ्गताप्रतिको बुझाइ; अपाङ्गताको परिचय र वर्गीकरण; अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ वातावरण; अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि परिवार, समाज, विद्यालय र स्थानीय सरकारको भूमिका र यससम्बन्धी नीति नियमका आधारभूत कुरा राखिएका छन् । यसले उहाँहरूमा अपाङ्गताका बारेमा आधारभूत कुराको जानकारी होला र उहाँहरूबाट अपाङ्गता बालबालिकाको शिक्षामा सम्भव भएको योगदान हुन सक्ला भन्ने अपेक्षा गरिएको छ ।

यो पुस्तिका कसरी प्रयोग गर्ने ?

अपाङ्गता अनेकन् प्रकृतिको हुन्छ । नेपालको कानुनले  अपाङ्गतालाई दश समूहमा वर्गीकरण गरेका छ । हरेक गाउँ समाजमा कुनै न कुनै प्रकारको अपाङ्गता भएका मानिस हुन सक्छन् । हाम्रो गाउँ समाजमा भने अपाङ्गता भन्नाले केवल शारीरिक अपाङ्गतालाई मात्र बुझ्ने मानिस पनि छन् । मानसिक अपाङ्गतालाई अपाङ्गता नठान्नेहरू पनि छन् । दृष्टि र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाले पनि लेखपढ गर्न, शिक्षा लिन र आर्जनका काम गर्न सक्छन् भन्दा विश्वास नलाग्ने पनि छन् । कतिपयले त अपाङ्गता भएकालाई लेखपढ गराएर कुनै प्रतिफल पाउन सकिँदैन भन्ने पनि ठान्छन् । अर्कोतर्फ अपाङ्गता भनेको पूर्वजन्मको पापको फल हो भन्ने अन्धविश्वासी पनि छन् । यस्ता धारण पाल्नुभन्दा अपाङ्गताबा बारेमा बुझ्ने प्रयास गर्नु  बुद्घिमानी हुन्छ । आफ्नै परिवारमा पनि सामान्य अवस्थाको कुनैे प्रकारको अपाङ्गता भएका सदस्य हुन सक्छन् । आफैँमा पनि यस्तो अपाङ्गता  हुन सक्तछ । रोग र दुर्घटना कारण कोही पनि व्यक्तिमा अपाङ्गता हुने सम्भावना रहन्छ । यहाँको हातमा यो सामग्री आएको छ । यसलाई निम्नअनुसार प्रयोग गरी अपाङ्गताप्रतिको सामाजिक सचेतना अभिवृद्घिमा सहयोग गरिदिनुहुने छ भन्ने आशा गरिएको छ ।

  • यो पुस्तिका दुई घन्टा जतिमा अध्ययन गर्न सकिन्छ । यसलाई आफ्नो अनुकूल समयमा रुचिपूर्वक एक दुई पटक अध्ययन गर्दा विभिन्न प्रकारका अपाङ्गताका बारेमा जानकारी बढाउन सकिन्छ ।
  • यस सामग्रीमा बताए जस्तो अपाङ्गता भएको व्यक्ति गाउँघरमा केही छन् भने ऊ र उसको अवस्था ख्याल गर्दा सामग्रीमा दिइएको अपाङ्गताका बारेमा प्रस्ट भइने छ ।
  • सामग्रीमा दिइएका अपाङ्गतासम्बन्धी सूचनाहरू एकअर्कामा छलफल गर्नुपर्छ । एकले बुझेको कुरा अर्कोलाई प्रस्ट पार्नुपर्छ।
  • थप सूचनाका लागि अपाङ्गताको बारेमा जानकारी राख्ने व्यक्तिसँग सोधपुछ गर्नुपर्छ ।
  • आफूले पाएका सूचना आफ्नो गाउँटोलका सर्वसाधारणमा सुनाएर प्रचार गर्दा पाएको जानकारी स्मरणमा रहन्छ ।
  • आफ्नो छेउछाउका मूलधारका विद्यालय र विशेष तथा स्रोतकक्षा विद्यालय भ्रमण गरेर अपाङ्गता भएका बालबालिकाको अवलोकन गर्ने, उनीहरूका कुरा सुन्ने, स्रोत शिक्षकसँग छलफल गर्ने गर्नुपर्छ  ।

नेपालमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूको बृहत् यौनिकता शिक्षाको यो स्थिति पत्र राइट हियर राइट नाउको आर्थिक तथा प्राविधिक सहयोगमा नेत्रहीन युवा संघ नेपालले तयार पारेको हो । राइट हियर राइट नाउ युवाले नेतृत्व गरेका र युवाको सवालमा काम गर्ने पाँच ओटा संस्थाहरूको प्लेटफर्म  हो । यो प्लेटफर्मले सन् २०२१-२०२५ सम्म उमेर उपयुक्त बृहत् यौन शिक्षाको सुनिश्चितता गर्ने सवालमा नेपालमा पैरवी गर्दै आइरहेको छ । नेत्रहीन युवा संघ नेपाल दृष्टिविहीन तथा न्यून दृष्टियुक्त युवाहरूले स्थापना गरेको संस्था हो। ‘

यो स्थिति पत्रले नेपालमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूको बृहत् यौनिकता शिक्षाको आवश्यकतालाई बोध गरी शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा शैक्षिक क्षेत्रमा क्रियाशील सरोकारवालाहरूलाई आगामी दिनमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूका लागि बृहत् यौनिकता शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक तथा तालिम सामग्री तयार पार्न सहज होस् भन्ने हेतुले तयार पारिएको हो ।

chevron-down