Skip to Main Content

अपाङ्गता भएका युवा लक्षित नमुना युवा संसद अभ्यासमा सहभागिताका निम्ति आवेदन फारम

September 15, 2023
1 minute read
mike showing expression of interest

नेत्रहिन युवा सङ्घ नेपाल दृष्टीसम्बन्धी अपाङ्गता भएका युवाहरूद्वारा स्थापित र सञ्चालित संस्था हो। देशभर दश शाखा रहेको यस संस्थामा हाल पाँच सयभन्दा बढी दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहरू आवद्ध छन्। यस संस्थाले अपाङ्गता भएका युवाहरूको शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य, रोजगारी, राजनितिक सहभागिता, क्षमता विकासलगायत विभिन्न क्षेत्रमा कार्य गर्दै आइरहेको छ।

 यसै सन्दर्भमा यस संस्थाले अपाङ्गता भएका युवाको राज्नीतिक सचेतना अभिव्रिद्धि गर्दै प्रजातन्त्र, संसद तथा संसदीय राज्नीति, मानवअधिकार र विद्यमान अपाङ्गता अधिकारका सम्बन्धमा उनीहरूलाई प्रशिक्षित गरी उल्लिखित विषयमा केन्द्रित रही नमुना संसद अभ्यास सञ्चालन गर्न गइरहेको हुँदा सो प्रयोजनका निम्ति देशबरीबाट इक्षुक +२ तह वा सो भन्दा माथिल्लो तहमा अध्ययनरत विभिन्न प्रकारका अपाङ्गता भएका युवाहरूलाई यस फारममार्फत आफ्नो दर्खास्त पेस गर्न आह्वान गरिन्छ।

आफ्नो सहजताबमोजिम यहाँले यस फारममा माग गरिएका विवरन नेपाली, अङ्ग्रेजी तथा रोमनाइज्ड् नेपालीमा समेत उल्लेख गर्न सक्नु हुनेछ। यस फारम भर्ने क्रममा कुनै कठिनाइ उत्पन्न भएमा वा कार्यक्रमसंग सम्बन्धित कुनै जिज्ञासा रहेको खन्डमा देहायको व्यक्तिलाई निम्न माध्यममार्फत  सम्पर्क गर्न सक्नु हुनेछ।

सम्पर्क व्यक्ति: जिवन आचार्य,

सम्पर्क नम्बर: ९८६१२९२१२०

इ-मेल: [email protected]

https://docs.google.com/forms/d/e/1FAIpQLSdS-chQNgMdre08CslhNKgdz3LHhUKKKlQ8Pyr0jE9wv81TvQ/formResponse
Tags:
Share this post:
calendar-fullclockchevron-down