Skip to Main Content
Ecourse

लोक सेवा आयोगको तयारीमा रहनु भएका सम्पूर्ण दृष्टिविहीन तथा न्यून दृष्टि युक्त परीक्षार्थीहरुका लागि लोक सेवा आयोग तयारी कक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सुचना

June 27, 2019
1 minute read

नेत्रहिन युवा संघ नेपालले भोलि २०७६ साल असार १३ सुक्रबार बिहान ७ बजेदेखि शिक्षा समुह अन्तर्गत प्रबिधिक सहायक (प्रा स)को तयारी कक्षा सञ्चालन गर्न लागेको यहाँहरुबिच सर्बबितितै छ.।तयारी कक्षा नेत्रहिन युवा संघ नेपाल केन्द्रिय कार्यलयको हलमा सञ्चालन हनेछ र तयारी कक्षामा कोही दृष्टिबिहिन ब्यक्ति नछटुन् भन्ने उध्यश्यले प्रत्यक्ष रुपामा उपस्थित हुन नसक्नुहुने परिक्षार्थीहरुका लागि अनलाइन प्रणाली मार्फत कक्षा संञ्चालन गरिने छ. त्यसकालागि तल दिइएको लिंकमा जोडिइ स्काइप मार्फत तयारी कक्षामा सहभागी भइदिनुहुन हार्दिक अनुरिध गर्दछौं।
https://join.skype.com/pLLsDcVxGLbE

नेत्रहिन युवा संघ नेपालले सम्पुर्ण दृष्टिविहीन तथा न्यून दृष्टि युक्त परीक्षार्थीहरुलाइ लक्षित गरि लोक सेवा आयोग अन्तर्गत रहेर शिक्षा समुह तर्फको प्रबिधिक सहायक (प्रा स) को ६० घण्टे कक्षा सञ्चालन गर्न लागेको सम्पुर्णमा जानकारी गराउन चाहान्छौं। यसै सन्दर्भमा प्राबिधिक सहायक तर्फ फारम भर्ने सम्पुर्णलाइ तपसिलको मिति, समय र स्थानमा तयारी कक्षाका लागि उपस्थित भइदिनुहुन हार्दिक अनुरिध गर्दछौं।

मिति- २०७६ साल असार १३ गते सुक्रबार
समय- बिहान ७ बजेदेखि ९ बजेसम्म
स्थान- नेत्रहीन युवा संघ नेपाल केन्दीय कार्यालय, सुकेधारा, काठमाण्डौ
सम्पर्क नम्बर- ०१-४३७२१६०
९८४८९०५४४८/९८२३४९५५३९
(पुनश्चः अनलाइन प्रणाली मार्फत तयारी कक्षामा सहभागी हुन इच्छुक परिक्षार्थीहरुले असार १२ गते बिहिबार बेलुका ५ बजेसम्ममा माथि उल्लेखित सम्पर्क नम्बरमा आफ्नो नाम र शम्पर्क नम्बर टिपाइदिनुहुन अनुरोध गर्दछौं)

Tags:
Share this post:
calendar-fullclockchevron-down