Skip to Main Content

नेत्रहीन युवा संघ नेपाल (बायन)ले आइएफईएसको सहयोगमा आम निर्वाचन २०७९ मा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहभागिता सम्बन्धी स्वतन्त्र अध्ययन गरेको छ। यस अध्ययनले नेपालका सातै प्रदेशका १६ जिल्लाका ३५३ मतदान केन्द्र रहेका १०१ मतदानस्थलमा निर्वाचन पहुँचयुक्तता सम्बन्धी पर्यवेक्षण गरेको थियो। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको निर्वाचन सम्बन्धी हकको संवैधानिक र कानुनी प्रत्याभूति हुँदाहुँदै पनि उनीहरूले भौतिक पूर्वाधारजन्य, प्रणालीगत, कानुनी, संचारजन्य तथा सोचजन्य अवरोधहरूको सामना गर्नुपरिरहेको छ।

This study examines how young people with disabilities in Nepal participate in civic activities and political processes. Through detailed research, we explore the challenges they face when trying to engage in community decision-making, voting, and other forms of civic involvement. The report highlights key barriers that prevent full participation and offers practical recommendations for creating more inclusive civic spaces. The findings aim to help policymakers, disability rights organizations, and community leaders better understand and address the needs of youth with disabilities in Nepal's democratic processes.

ललितपुर घोषणापत्र अपाङ्गता भएका युवाहरूको आवाज र आकांक्षाको प्रतिबिम्ब हो। मंसिर १९ र २० गते, २०८० मा सम्पन्न राष्ट्रिय सम्मेलनमा देशभरका १०० भन्दा बढी अपाङ्गता भएका युवाहरूको सक्रिय सहभागिताबाट तयार पारिएको यो दस्तावेजले समावेशी शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी र आर्थिक सशक्तिकरण, राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता, र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा अपाङ्गता भएका युवाहरूको सरोकारलाई समेटेको छ। यस घोषणापत्रले नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका युवाहरूको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता गर्न सरकार र सरोकारवाला निकायहरूलाई आह्वान गरेको छ।

chevron-down