ललितपुर घोषणापत्र अपाङ्गता भएका युवाहरूको आवाज र आकांक्षाको प्रतिबिम्ब हो। मंसिर १९ र २० गते, २०८० मा सम्पन्न राष्ट्रिय सम्मेलनमा देशभरका १०० भन्दा बढी अपाङ्गता भएका युवाहरूको सक्रिय सहभागिताबाट तयार पारिएको यो दस्तावेजले समावेशी शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी र आर्थिक सशक्तिकरण, राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता, र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा अपाङ्गता भएका युवाहरूको सरोकारलाई समेटेको छ। यस घोषणापत्रले नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका युवाहरूको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता गर्न सरकार र सरोकारवाला निकायहरूलाई आह्वान गरेको छ।